चितवन एड ट्रस्ट यूकेले दियो भरतपुर अस्पताललाई पीपीई

SHARE:

लन्डन १५ भदौ । चितवन एड ट्रस्ट (क्याट) यूकेले चितवनको भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग दिएको छ ।

पहिलो चरणमा १ सय ५० थान पीपीई सहयोग गरिएको क्याट यूके अध्यक्ष जीवन सेनले जानकारी दिए । उनले थप ३ सय थान पीपीई सहयोग गर्ने संस्थाको योजना रहेको बताए । क्याट यूकेले बेलायतबाट पठाएको पीपीई एक कार्यक्रमबीच सोमबार भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

क्याट यूकेका पूर्व अध्यक्ष हिमाल गुरुङले संस्थाको प्रतिनिधित्व गर्दै पिपिई अस्पताललाई हस्तान्तरण गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, सहयोगका लागि उनले क्याट यूके र सबै सहयोगदातालाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!