यसरी गरियो काजीमान गुरुङको अन्तिम बिदाई [तस्बिरहरु]

SHARE:

– मिलन तमु

गिल्डफोर्ड । सहारा यूकेका अध्यक्ष कुमार गुरुङका पिता सार्जन्ट काजीमान गुरुङको पार्थिक शरीरलाई लन्डनदेखि करिब ५० माईल दक्षिण पश्चिममा पर्ने गिल्डफोर्ड क्रिमेटोरियममा बौद्ध धर्मनुसार सेप्टेम्बर १ तारिख अन्त्येष्टि गरिएको छ ।

करोना कहरका कारण सरकारले तोकेको संख्यामात्र उपस्थित भएका थिए । आफ्नै परिवार, आफन्तजन र धर्म गुरु गरी जम्मा १९ जनाको उपस्थिति रहेको थियो । दिवंगत काजीमान काछोरा कुमार गुरुङ यूकेका धेरै सामजिक संस्थाहरुमा सक्रिय आबद्ध भएर होला ब्यक्तिगत तवरमा उपस्थित हुन नपाए पनि संघ संस्थाहरु र नम्बरीबाट फूलका थुप्रै गुच्छाहरु अन्तिम श्रदाञ्जली स्वरुप उपलब्ध भएको थियो ।

सामजिक दुरीलाई मध्य नजर राख्दै उपस्थित सबै जनाले शान्त वातावरणमा स्व. काजीमान गुरुङप्रति अन्तिम श्रदाञ्जली अर्पण गरे । पूर्व ब्रिटिस आर्मी काजीमान गुरुङको भदौ ५ गते निधन भएको हो । उनको ८० वर्षको उमेरमा निधन भएको हो । नेपालको कास्कीको माच्छापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल बेलायतको फार्नबोरो बस्दै आएका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!