स्वर्ग गुरुङको अध्यक्षतामा अल्डरसट भलिबल क्लबमा नयाँ कार्यसमिति

SHARE:

लन्डन १९ भदौ । अल्डरसट भलिबल क्लबमा स्वर्ग गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
गत आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले नयाँ समिति छनोट गरेको हो । क्लबको निवर्तमान समितिमा कोषाध्यक्ष रहेका गुरुङ नयाँ कार्यसमितिको अध्यक्ष बनेका हुन् ।

विकास विक उपाध्यक्ष, शैलेश राई महासचिव, हेम राई सचिव, विमल गुरुङ कोषाध्यक्ष र महादेव गुरुङ सहकोषाध्यक्ष चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रथम गुरुङ, मनसुदन थापा, जीवन गुरुङ, मनोज बिक, सन्तोष गुरुङ र गोकुल राई चुनिएका छन् ।

त्यस्तै, क्लबको क्याप्टेनमा शंकर थापालाई चयन गरिएको छ । क्लबको संयोजकमा रामकृष्ण गुरुङ र विजय रानालाई चयन गरिएको छ भने सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष डोल श्रीष, संस्थापक अध्यक्ष चन्दन गुरुङ, दिकल गुरुङ, तेज सोमाई र श्री पूर्जा मनोनीत भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई क्लबका संस्थापक अध्यक्ष चन्दन गुरुङ र निवर्तमान अध्यक्ष डोल श्रीसले खादा र अविर लगाएर बधाई ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!