नेपाली राजदूत डा सुवेदी ब्रेकनमा सम्मानित, मेजर गुरुङ निवासमा रात्रिभोज

SHARE:

लन्डन २० भदौ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी सम्मानित भएका छन् ।

नेपालको धम्पुस र ब्रेकनबीच मैत्री सम्बन्ध जोड्नका लागि मद्दत गरेको भन्दै राजदूत डा सुवेदीलाई ब्रेकन टाउन काउन्सिलले शुक्रबार सेप्टेम्बर ४ तारिखमा सम्मान गरेको हो । राजदूत डा सुवेदीले हाइक फर नेपाल, ब्रेकन टाउन फ्रिडम परेडजस्ता कार्यक्रममा मद्दत पुर्‍याएका थिए । उनी दूतावासका दूतावास द्वितीय सचिव तेजेन्द्र रेग्मीसहित शुक्रबार ब्रेकन पुगेका हुन् ।

राजूदत डा सुवेदीलाई सम्मान र ब्रेकन भ्रमणको तारतम्य ब्रेकन निवासी तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुसीमान गुरुङ (एमभिओ) ले गरेका हुन् । काउन्सिलको सम्मानपछि राजदूत सुवेदीको टोलीलाई मेजर गुरुङको निवासमा शुक्रबार रात्रिभोज आयोजना गरिएको थियो । भोजमा राजदूतको टोलीसहित काउन्सिलका मेयर, उपमेयर, पूर्व काउन्सिलरहरु र अन्य पदाधिकारीहरु, ब्रेकनमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

त्यस्तै रात्रिभोजमा धम्पुस परिवार यूकेका इन्द्र गुरुङ पनि सहभागी थिए । रात्रिभोजमा कोभिड १९ का कारणले धेरै व्यक्ति उपस्थित थिएन । जति पनि सहभागीहरु पनि सामाजिक दूरी कायम गरी सहभागी भएका थिए ।

राजदूत डा सुवेदीको टोलीले शनिबार (सेप्टेम्बर ५) मा गोर्खा मण्डले कम्पनी र मन्दिर घुम्‍ने लगायतका कार्यक्रम रहेको बताइएको छ ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!