तमुधिं यूके र ब्रन्कोबीच परोपकारी काममा सहकार्य गर्न छलफल

SHARE:

ब्रिगेडियर निक हिन्टनलाई तमुधिंको चिनो प्रदान
लन्डन २१ भदौ । तमुधिं यूके र BRANNGO (Britain and Nepal NGO Network) बीच परोपकारी काममा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

तमुधिं भवन मिचेटमा शनिबार ५ सेप्टेम्बर २०२० का दिन ब्रन्कोका अध्यक्ष ब्रिगेडियर (अ. प्रा.) निक हन्टनले तमुधिं र ब्रन्कोले परोपकारी काममा कसरी पारस्परिक सहयोग गर्न सक्छन् भन्ने संभाव्यता प्रस्तुत गरे । त्यसपश्चात् निक हन्टनले प्रश्नोत्तरको बेलामा विभिन्न जिज्ञासाहरु मेटाए ।

तमुधिं यूकेका कार्यसमिति, ट्रष्टि र सल्लाहकारहरुलाई ब्रिगेडियर निक हिन्टनले आफ्नो छोटो जीवनी, पारिवारिक पृष्ठभूमिबारे जनाउँदै ब्रन्कोले गर्ने विभिन्न कामहरुको बारेमा सचित्र ब्याख्या गरेका थिए ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले अध्यक्षता गरेको कार्यक्रम महासचिव तुलाराम गुरुङले सन्चालन गरेका थिए । कार्यक्रममा अधिक व्यक्तिहरुलाई निम्ता गर्ने योजना रहे पनि कोरोना भाइरसको अहिलेको परिस्थिति र बेलायत सरकारको सामाजिक दुरी सम्बन्धी आदेश पालना गर्नु पर्ने भएकोले सबैलाई भने समेट्न नसकिएको तमुधिंले बताएको छ । उक्त अवसरमा ब्रिगेडियर निक हिन्टनलाई तमुधिंको चिनो पनि प्रदान गरिएको थियो ।

ब्रन्को सन् २०१८मा तमुधिं यूकेका दाता मेजर (अ. प्रा) डेविड थोमसले स्थापना गरेका थिए । त्यसपछि यसले नेपालमा धेरै परोपकारी संस्थाबीच समन्वयकारी भूमिका निभाइसकेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लहक्कर डा. चन्द्रबहादुर गुरुङ्ग, सल्लाहकार एकेन्द्र गुरुङ, सल्लाहकार क्या. राजु गुरुङ लगायत उपस्थित थिए ।

यसैबीच कार्यक्रममा तमुधिं लन्डन इकाईले लमजुङ पहिरो पीडितका लागि संकलन गरेको १ लाख रुपैयाँ राहत संकलनका संयोजक परशुराम गुरुङलाइ ईकाइका अध्य्क्ष चन्द्रबहादुर गुरुङ, महासचिव भरत गुरुङ र आमा समुहकी अध्यक्ष दिलमाया गुरुङले हस्तान्तरण गरेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!