लन्डन २१ भदौ । तमुधिं लन्डन इकाईले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरोपीडितलाई १ लाख ५ हजार सहयोग प्रदान गरेको छ ।
लमजुङ समाज यूके राहत संकलन समिति सचिव परशुराम गुरुङ तथा समितिलाई तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष डिलमाया गुरुङ, आमा समूहकी उपाध्यक्ष देबकला गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, महासचिव भरत गुरुङ र सल्लाहकार ईश्वर गुरुङबाट ७१० पाउन्ड (नेपाली १ लाख ५ हजार) हस्तान्तरण गरिएको हो ।
सहयोग रकम समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा जुम कन्फ्रेन्समार्फत इकाई सदस्यहरुबाट जम्मा गरिएको हो । जुलाई २२ गते तरापु गाउँमा गएको भीषण पहिरोले २१ घर पुरिनुका साथै ठूलो जनधनको क्षति भएको थियो । घटना विवरण बैठकमा तमुधिं लन्डन इकाई आमा समूहकी अध्यक्ष डिलमाया गुरुङले राखेकी थिइन् ।






