इन्टेक १९९६ बाट भीसी विजेताको सालिक निर्माणमा २३०० पाउन्ड सहयोग

SHARE:

लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समूह ‘इन्टेक १९९६’ ले प्रथम भीसी विजेता कुलबीर थापा अल्डरसटको प्रिन्सेस गार्डेनमा बनाउन लागिएको सालिकका लागि २ हजार ३ सय पाउन्ड सहयोग गरेको छ ।

मेजर जीत हमाल, क्याप्टेन दावानुरी शेर्पा, क्याप्टेन भीम शिरिष, डब्लुओटु भोलेन गुरुङ, कलर सार्जेन्ट प्रित गुरुङ लगायतले आइतबार एक कार्यक्रमबीच गोर्खा मेमोरियल प्रोजेक्टलाई चेक हस्तान्तरण गरेका हुन् ।

सालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड खर्च लाग्ने गोर्खा मेमोरियल प्रोजेक्टले बताएको छ । सालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो ।

प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोर्खा सैनिकथापामगरको सालिक सहयोगार्थ बेलायतका कयौं संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!