बेलायतमा २४ घन्टाको अवधिमा थप ३ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण

SHARE:

लन्डन ३१ भदौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ३ हजार ९ सय ९१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गत मे महिनाको सुरुयता यति ठूलो संख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो हो ।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरबाट बुधबार जारी तथ्यांकअनुसार २४ घन्टाको अवधिमा २० जनाको मृत्‍यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४१ हजार ६ सय ८४ पुगेको छ । संक्रमितहरु करिब ४ लाखको नजिक पुगेका छन् । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सोमबारदेखि ६ जनाभन्दा बढीको ‘सोसल जमघट’ मा रोक लगाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!