भीसीको सालिक निर्माणमा गोर्खा इन्टेक १९८५ को १ हजार ९ सय ८५ पाउन्ड सहयोग

SHARE:

लन्डन १ असोज । प्रथम भीसी कुलवीर थापाको सालिक निर्माणका लागि गोर्खा इन्टेक १९८५ ले १ हजार ९ सय ८५ पाउन्ड सहयोग गरेको छ ।

सालिक निर्माण गरिने बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनकै परिसरमा बुधबार सेप्टेम्बर १६ तारिख एक कार्यक्रमबीच इन्टेक १९८५ का अध्यक्ष गुन्ज आलेले ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरका क्रममा गोर्खा इन्टेक १९८५ का संस्थापक अध्यक्ष एवं एनआरएनए यूकेका पूर्वउपाध्यक्ष शेर सुनार, इन्टेकका महासचिव लालबहादुर लिम्बु, सचिव विजय गुरुङ, कोषाध्यक्ष पदम गुरुङ र इन्टेक सदस्य एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो ।

सहयोग हस्तान्तरण गर्दै इन्टेक १९८५ का अध्यक्ष आलेले सालिक निर्माण पहल गर्नु अति नै सराहनीय काम भएको भन्दै यो ग्रेटर रसमुर कम्युनिटी लागि मात्रै नभई सम्पूर्ण गोर्खाज्‌का लागि भएको उल्लेख गरे । उनले इन्टेक १९८५ को तर्फबाट प्रोजेक्ट सञ्‍चालन कमिटीलाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना दिए ।

सहयोग रकमको चेक बुझ्दै जिआरएनसीका अध्यक्ष राईले सबैको सुझाव ग्रहण गर्दै जाने विश्वास दिलाउँदै मेहनत र सपोर्टका लागि इन्टेकलाई धन्यवाद दिए । सो अवसरमा अध्यक्ष राईले सालिक निर्माण प्रोजेक्ट २०२१ को अस्टभित्र कम्प्लिट भइसक्ने र सेप्टेम्बर २५ मा उद्घाटन हुने जानकारी दिए ।

सोही अवसरमा किरॉत राई यायोक्खा, बेलायतका केन्द्रीय सदस्य नरेन्द्रकुमार राई र एनआरएन यूकेकी पूर्वउपाध्यक्ष एवम् वर्तमान केन्द्रीय सदस्य सुशीला राईले पनि १ हजार १५ पाउन्ड सालिक निर्माणका लागि सहयोग दिएका थिए ।

ग्रेटर रसमुर नेपाली कम्युनिटी, रसमुर बोरो काउन्सिल र गोर्खा वेलफेयर ट्रष्टलगायतको संयुक्त प्रयासमा स्थानीय प्रिन्सेस पार्कमा प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापामगरको सालिक निर्माणको चरणमा रहेको छ ।

गोर्खा समुदायका लागि ऐतिहासिक प्रोजेक्ट भीसीको सालिन निर्माण प्रक्रिया सन् २०१९ को फेब्रुअरी २ तारिखबाट थालनी भएको छ । सुरुमा १ लाख २५ हजार पाउन्डको लक्ष्य राखिए पनि अब दाताहरु बढ्ने भएकोले लगानी सर स्टाचुको साइज र हाइट समेत बढाउने भएको अध्यक्ष राईले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!