एनआरएनए यूकेबाट ७ प्रदेशलाई १४ अक्सिजन मेसिन, ११ लाख खर्च

SHARE:

लन्डन २ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग गर्ने उद्देश्यले नेपालमा १४ थान अक्सिजन मेसिन दिएको छ ।

झन्डै ११ लाख रुपैयाँ खर्च गरी एनआरएनए यूकेले नेपालका सातवटै प्रदेशमा दुई/दुई थान अक्सिजन मेसिन सहयोग गरेको हो । अन्य ६ प्रदेशलाई यसअघि नै मेसिन हस्तान्तरण गरेको एनआरएनए यूकेले बिहीबार वाग्मती प्रदेश सरकारलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

वाग्मती प्रदेशका लागि फोकल पर्सन तोकिएका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई दुई थान अक्सिजन मेसिन बिहीबार हस्तान्तरण गरिएको हो । एनआरएनए यूकेले सहयोगस्वरुप पठाएका अक्सिजन मेसिन नेपालस्थित पत्रकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले मन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए ।

एनआरएनए यूकेले प्रदान गरेका मेसिन बुझ्दै मन्त्री गुरुङले सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले आवश्यकता हेरेर जिल्ला अस्पतालहरुमा ती मेसिन पठाउने प्रबन्ध मिलाउने जानकारी गराए ।

एनआरएनए यूकेले पठाएका अक्सिजन मेसिन सम्बन्धित प्रदेश सरकारहरुलाई हस्तान्तरणका लागि एनआरएनए यूकेका प्रमुख संरक्षक मे (रि) डमर घले र पत्रकार डण्ड गुरुङले संयोजनकारी भूमिका निभाएका थिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले संस्थाको अभियानमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था एवम् सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । बेलायतका नेपालीहरुले सद्भावस्वरुप पठाएका अक्सिजन मेसिनबाट नेपालमा कोभिड महामारीका बेला सानै भए पनि सहयोग पुग्ने अध्यक्ष गुरुङको आशा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!