तमुधिं यूकेद्वारा आयोजित च्यारिटीमा २२ सय पाउन्ड संकलन

SHARE:

ज्ञाम गुरुङ, लन्डन ३ असोज । तमुधिं यूकेले शनिबार १९ सेप्टेम्बरका दिन मिचेटमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन गरेको छ ।

च्यारिटी रात्रिभोजको आयोजना गर्ने भनिए पनि कोभिड १९ को जोखिमका कारण जुम र मिचेट भवनमा सहभागीहरुले सहयोगमात्रै संकलन गरेका थिए । राष्ट्रिय गान बजाएर सुरु गरिएको च्यारिटी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानको बारेमा संयोजक एवं तमुधिंका सचिव परशु गुरुङले जानकारी गराए ।

कार्यक्रममा नेपालबाट तमु सांस्कृतिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष काजी गुरुङले मन्तव्य राखेका थिए । त्यस्तै संयोजक परशु गुरुङले आर्थिक सहयोगका बारेमा पनि प्रस्ट पारे । च्यारिटी कार्यक्रममा २२ सय पाउन्ड जम्मा भएको थियो । त्यसमा नेपाली रुपैयाँ २ हजार थपेर संयोजक परशु गुरुङले तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङलाई शनिबार नै चेक हस्तान्तरण गरेका छन् ।

तमुधिंले च्यारिटीबाट संकलन गरी पठाएको रकमबाट थप ३ जना तमु जेहेन्दार, गरिब विद्यार्थीलाई पठनपाठनका लागि छात्रवृत्ति दिइने जनाइएको छ । त्यस्तै तमुधिं यूकेका सल्लाहकार डेविड गुरुङका दम्पतीले १ जना तमु विद्यार्थीलाई पढाउने जिम्मा लिने घोषणा गरेका छन् । यसअघि तमुधिंको तर्फबाट १८ जना र तमुधिंकै पहलमा विभिन्न व्यक्तिबाट ६६ जनालाई छात्रवृत्ति उपलब्ध गराइसकिएको छ ।

अन्तमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

यस्तै शनिबार नै तमुधिं यूकेको भवन मिचेटमा स्व. डा. हर्क ल्हेगे गुरुङ र स्व. डा. चन्द्रप्रसाद कोन्हे गुरुङको स्मृति दिवस मनाइएको छ । कार्यक्रम स्थलमा तमुधिंका पदाधिकारीहरु ६ जना मात्र उपस्थित थिए भने अन्य सदस्य र शुभचिन्तकहरु जुम प्रविधिमार्फत् उपस्थिति जनाएका थिए ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रम तमुधिंका महासचिव तुलाराम गुरुङले सञ्चालन गरेका थिए । सल्लाहकार लोक गुरुङ र अध्यक्ष नन्दजंग गुरुङले दीप प्रज्ज्वलन गरी डा. हर्क र डा. चन्द्रको तस्बिरमा माला तथा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । डा गुरुङद्वयको उक्त तस्बिरमा तमुधिंका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, सचिव परशु गुरुङलगायत सहभागीले पनि फूल चढाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!