राजदूत डा सुवेदी, व्यवसायी लामिछाने र आरोही पुर्जा विभूषित

SHARE:

लन्डन असोज ४ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, लन्डनका सफल व्यवसायी रवीजंग लामिछाने, विश्व कीर्तिमान राख्ने आरोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषित भएका छन् ।

राजदूत डा सुवेदी सुप्रवल जनसेवा श्री तृतीय र लन्डनका सफल व्यवसायी लामिछाने सुप्रवल जनसेवा श्री तृतीयले राष्ट्रपति विद्या भण्डारीबाट विभूषित भएका हुन् । संविधान दिवसका अवसर पारेर शनिबार डा सुवेदी र लामिछानेलाई विभूषित गर्ने घोषणा गरिएको हो ।

व्यवसायी लामिछानेले सम्मानले आफूलाई राष्ट्रसेवामा थप प्रेरित गरेको बताउँदै नेपालप्रति आफ्नो दशकौं लामो निस्वार्थ योगदान यस पदकको प्रतिफल भएको बताए ।लामिछानेले नेपाल र बेलायतस्थित नेपाली समुदायका लागि निरन्तर सहयोग गर्दै आएका छन् ।

लामिछानेले केही साता अघिमात्र ‘कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोष’ मा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका थिए । २०७२ सालको भूकम्पको बेला पनि उनले ५१ लाख रुपैयाँ सहयोग गरेका थिए । लामिछानेले बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरका लागि पनि सबैभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका थिए ।

यसैबीच विश्व कीर्तिमान राख्ने आरोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित भएको घोषणा गरिएको छ । पुर्जाले ८ हजार माथिका विश्वका १४ वटै हिमाल सबैभन्दा छिटो आरोहण गरेर गत वर्ष कीर्तिमान कायम गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!