बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३५ सय नाघ्यो, इंग्ल्यान्डमा कडा नियमको घोषणा

SHARE:

लन्डन असोज ७ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३५ सय नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले पछिल्लो २४ घन्टामा ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै बेलायतमा ४ लाख ३ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । गएको २४ घन्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म
बेलायतमा कोरोना संक्रमणका कारण ४१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार साँझ देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्दै सर्वसाधारणलाई नयाँ नियम पालना गर्न अपिल गरेका छन् ।

दोश्रो लकडाउनको पक्षमा आफू नरहेको तर सरकारको नयाँ नियम पालना नगरे थप कडाइ गर्ने चेतावनी पनि उनले दिएका छन् । नयाँ नियम कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीबाहेक आवश्यक परे सेना परिचालन गरिने पनि उनले बताएका छन् ।

नयाँ नियम अनुसार, आउँदो बिहीबारदेखि इंग्ल्यान्डमा पब, बार, रेष्टुरेन्ट तथा हस्पिटालिटी व्यवसाय राती १० बजेभित्र बन्द गरि सक्नुपर्नेछ भने उनीहरुले टेबल सर्भिस मात्र गर्न पाउने छन् । उनीहरुले ‘टेकवे’ गर्न सक्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!