लन्डन असोज ९ । प्रहरीले पक्राउ गरी ल्याएका एक व्यक्तिले आफूसँग भएको हतियारले प्रहरी अफिसरमाथि गोली हानेर हत्या गरिदिएका छन् ।
क्रोइडन प्रहरी स्टेसनमा बिहीबार राति करिब सवा २ बजे गोली प्रहारबाट सख्त घाइते ती अफिसरलाई प्रहरी स्टेसनमै प्यारामेडिक्सले उपचारको कोसिस गरेका थिए । लगत्तै अस्पताल पुर्याइएका उनी त्यहाँ मृत घोषित भएका थिए ।
प्रहरी अफिसरमाथि आक्रमण गर्ने पनि गोली लागेर घाइते भएको तथा अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






