बेलायतमा एकैदिन ६ हजार ६३४ जना नयाँ कोरोना संक्रमित थपिए

SHARE:

लन्डन ९ असोज । बेलायती अधिकारीहरुले २४ घन्टामा ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएको जनाएका छन् । यो बेलायतमा कोरोना संक्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।

जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको छ । शुक्रबारसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!