अल्डरसटमा निर्माणाधीन शिव मन्दिरमा यही दसैंमा नव दुर्गा स्थापनाको तयारी

SHARE:

लन्डन असोज १० । दसैंमा नव दुर्गा स्थापना गर्ने लक्ष्यअनुरुप बेलायतको अल्डरसटस्थित क्वीन्स् रोडमा शिव मन्दिर निर्माणलाई तीव्र गतिमा अगाडि बढाइएको छ ।

लकडाउनमा समेत नरोकिएको मन्दिर निर्माणकोका अगाडि बढिरहेको शिव कल्चरल सेन्टरले जनाएको छ । गत वर्ष ३ लाख पाउन्डमा खरिद गरिएको चर्च भवनमा अहिले शिव मन्दिर बनाइँदै छ । सेन्टरका महासचिव विक्रम भट्टराईले भने, ‘योजनाअनुरुप अगाडि बढे दशैंमा नव दुर्गा स्थापना त्यही मन्दिरमा गर्नेछौं ।’

महासचिव भट्टराईका अनुसार मन्दिरभित्र सामाजिक तथा धार्मिक इभेन्ट्स गर्न करिब अढाइ सय जना अट्ने हल बनाइएको छ भने ४-४ वटा महिला पुरुषका लागि शौचालय छन् । आपांगमैत्री शौचालय पनि बनाइएको छ ।

शिव कल्चरल सेन्टरका महासचिव भट्टराईले भवन खरिदबाहेक १ लाख ६० हजार पाउन्ड ‘रिफर्बिस’ खर्च लाग्नेमध्ये करिब १२ हजार पाउन्ड नपुग भएको जनाएका छन् । उनका अनुसार अपुग पैसा संकलनमा बेलायतवासी नेपालीको पुन: सहयोग पाउने अपेक्षा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!