इन्द्रहाङ बने बेलायतको कन्जरभेटिभ पार्टीको फेल्थाम एन्ड हेस्टनको उपाध्यक्ष

SHARE:

लन्डन असोज १० । बेलायतको कन्जरभेटिभ पार्टीको फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रको डेपुटी चेयरम्यान (उपाध्यक्ष) मा इन्द्रहाङ लिङ्देन चयन भएका छन् ।

२३ सेप्टेम्बरमा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा जुममार्फत आयोजित कार्यक्रमबाट नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा निर्मला मदादी उपाध्यक्षमा लिङ्देन र एलन जोसेफ र कोषाध्यक्षमा रोवर्ट क्लेभ चयन भएका छन् । उपाध्यक्ष लिङ्देन नमस्ते गोर्खा रेस्टुरेन्टका म्यानेजर, दिलमाया मेमोरियल फाउन्डेशनको संस्थापक सदस्य समेत हुन् ।

उपाध्यक्षमा चयन भएसँगै लिङ्देनले सदस्यता वृद्धि गर्ने तथा आउने निर्वाचनमा उम्मेद्वारी दिने ब्यक्तिहरुलाई सहयोग गर्ने दायित्व रहेको बताए । फेलथम र हेस्टन एक निर्वाचन क्षेत्र हो जुन सन् १९७४ मा युके संसदको हाउस अफ-कमनमा प्रतिनिधित्व गरिएको थियो । यहाँको स्थानीय निर्वाचनमा लेवर पार्टीकी सीमा मल्होत्राले सांसदको रुपमा २०११ देखि हालसम्म प्रतिनिधित्व गर्दै आएकी छन् । यस निर्वाचन क्षेत्रमा १० वडा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!