लन्डन असोज १० । बीबीसी विश्व सेवाका वातावरण संवाददाता तथा पत्रकार नवीन सिंह खड्काका पिता पुरन सिंह खड्काको निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध भएको जनाइएको छ ।
पत्रकार महासंघ युके शाखा अध्यक्ष नरेश खपाङ्गीमगरले शनिबार शोक वक्तव्य निकालेर परिवारजनमा समवेदना र स्वर्गीय खड्काको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘यस दुखद घडीमा शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौँ साथै स्वर्गीय खड्काको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
७६ वर्षीय खड्काको उपचारका क्रममा काठमाडौँस्थित ओम हस्पिटलमा बुधबार राति निधन भएको हो । उनी लामो समयदेखि छाती र फोक्सो सम्बन्धी रोगबाट पीडित थिए ।
उनको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।






