जेष्ठ नागरिकका लागि क्यान यूकेद्वारा तमुधि लन्डन इकाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण

SHARE:

लन्डन ११ असोज । बेलायतमा रहेका जेष्ठ नागरिकहरुलाई वितरण गर्नका लागि कम्युनिटिज एन्ड नेचर इन्टरनेसनल (क्यान) यूकेले तमुधि लन्डन इकाई समितिलाई कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

२७ सेप्टेम्बर शनिबार आयोजित एक कार्यक्रममा क्यान यूकेका निर्देशक बलराम ढकालले ३ सय मास्क तथा १ सयभन्दा बढी सेनिटाइजर तमुधि लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै निर्देशक ढकालले कोभिड १९ बाट प्रभावित जेष्ठ नागरिकहरुका निम्ति सुरक्षा सामग्री वितरण गर्ने अभियान थालिएको बताए । उनले आगामी दिनमा पनि तमुधिं लन्डन इकाई र आमा समूहसँग मिलेर काम गर्ने इच्छा रहेको बताए ।

तमुधि लन्डनका अध्यक्ष चन्द्रबहादुर गुरुङले क्यान यूके जस्तै संघसंस्थाहरुसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । विशेषगरी बेलायतमा रहेका जेष्ठ नागरिकहरुलाई भाषाको सबैभन्दा बढी समस्या हुने गरेको उनले उल्लेख गरे ।

त्यस्तै तमुधिंका निवर्तमान अध्यक्ष दिपक गुरुङले क्यान यूकेमा रहेर निर्देशक ढकालले गरेको मिहेनतको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै अनुकरणीय कार्य गर्दै जान सल्लाह दिए ।

तमुधि लन्डन इकाईका महासचिव भरत गुरुङले कार्यक्रम सञ्चालन गर्दै कोभिड १९ को संक्रमणको जोखिमसँगै सरकारले तोकेको मापदण्ड पालना गरी निश्चित ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस अवसरमा क्यान यूकेका निर्देशक ढकाललाई सम्मानसमेत गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, क्यान यूकेका निर्देशक ढकाल, तमुधिं लन्डन इकाई आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार होमकुमारी गुरुङ, ट्रष्टी धनकाजी गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, संस्थाका पूर्वअध्यक्ष दिपक गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) राज्य समन्वय परिषद् इंग्ल्यान्डका उपाध्यक्ष एलबीजेड गुरुङ लगायतको उपस्थिति थियो ।

तस्बिर सौजन्य : तमुधि लन्डन इकाईका महासचिव भरत गुरुङ

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!