बेलायतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा थप ७१ जनाको मृत्यु

SHARE:

लन्डन असोज १३ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त संख्या करिब ६ महिनायताकै सबैभन्दा उच्च हो ।

पछिल्लो मृतकसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ७२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ७ हजार १ सय ४३ मा नयाँ संक्रमण पुष्टि भएको छ । हालसम्म बेलायतमा संक्रमितको संख्या ४ लाख ४६ हजार १ सय ५६ पुगेको छ ।

कोरोना संक्रमणको संख्या बढ्दै गएपछि हस्पिटलमा भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!