
लन्डन असोज १९ । भुम्दिकोट समाज यूकेले काब्रे देउराली स्वारा आमा समूहको भवन निर्माणका लागि ३१ लाख ९४४ रुपैयाँ हस्तान्तरण गरेको छ ।
बेलायतमा एक महिनाको अवधिमा संकलन गरिएको उक्त रकम शनिबार भुम्दिकोट समाज नेपालले एक सभ्य तथा भव्य कार्यक्रम गरी काब्रे गाउँमा रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरणपछि सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भुम्दिकोट समाज यूकेका संयोजक योगेश गुरुङले चन्दा दाताहरु भुम्दीगाउँका चेलीबेटी, भुम्दिकोट समाज यूके, अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख सल्लाहकार मेजर जै बहादुर गुरुङ एमभिओ, संस्थापक अध्यक्ष गमबहादुर गुरुङ, भुम्दिकोट समाज नेपाल तथा अध्यक्ष सु.मेजर ज्ञानबहादुर गुरुङ, पोखरा वडा नम्बर २२ का नेपाली कांग्रेसका सभापति देऊकाजी गुरुङ, मिडियकर्मी युग गुरुङ, काब्रे देउराली स्वारा आमा समूह, भुम्दी गाउँका विभिन्न संघ संस्थामा आवद्ध भएका विशिस्ट व्यक्तित्वहरु, सम्पूर्ण आमा समूह, युवा समूहप्रति आभार व्यक्त गरेका छन् ।
संयोजक गुरुङले आफ्नो गाउँलाई श्रद्धा र मायाले मनका कुनादेखि सेवा गर्ने अवसर दिएको भन्दै सबैप्रति आभारी भएको उल्लेख गरेका छन् । त्यस्तै गाउँ विकास कार्यमा धन हुनेले धनले सहयोग गरौं, सकिँदैन भने पाखुराले सहयोग गरौं । धन र पाखुरा नहुनेले मन र तालीले सहयोग गरौं भन्दै उनले तबमात्र गाउँले सुन्दर मुहार फेर्ने विश्वास व्यक्त गरेका छन् ।






