लन्डन असोज २२ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेको १० अक्टोबर २०२० शनिबार पहिलो बैठक बस्ने भएको छ ।
नर्वानिर्वाचित अध्यक्ष विजय हितानले सूचना जारी गर्दै पहिलो (म्यासेञ्जर) बैठकबारे जानकारी गराएको हो । केही हप्ता अघिको अधिवेशनले हितानको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति, एक संरक्षक र चार सदस्यीय सल्लाहकार समिति गरेर १७ सदस्यीय विनेसाम, साउथ यूके (तेस्रो कार्यकारिणी समिति) चयन गरेको थियो ।
बैठकमा संस्थाको पूर्व कामको ‘समीक्षा, परिचयात्मक कार्यक्रम तथा भावी नीति एवम् कार्यक्रमका प्रस्तुति’ हुने बताइएको छ ।






