एनआरएनए यूकेद्वारा समुदायकेन्द्रित संस्थाहरुसँग छलफल

SHARE:

लन्डन असोज २४ । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) ले समुदाय केन्द्रित संघसंस्थाहरुसँग गत एक वर्षमा संघले गरेका कामको समीक्षा र आगामी कार्यदिशा तय गर्नलगायत विषयमा छलफल गरेको छ ।

संघसंस्था समन्वय विभागले बिहीबार स्थानीय संघसंस्थासँग ‘भर्चुअल’ माध्यमबाट सम्बन्ध प्रगाढ बनाउन तथा ‘कोभिड १९’ महामारीका बेलाको भूमिका र ‘अबको एनआरएन सबैको एनआरएन’ बनाउन के कस्ता कार्ययोजना बनाउनेबारे छलफल गरेको जनाएको छ । कार्यक्रममा ३१ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।

संघकी अध्यक्ष पुनम गुरुङको आतिथ्य र उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख रोजिना प्रधान राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम समितिका सदस्य सचिव विष्णु चालिसेले 
सञ्चालन गरेका थिए ।

कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईले कार्यभार सम्हाले देखि हालसम्म वर्ष दिनमा संघले गरेका कामबारे ‘स्लाइड शो’ माध्यमबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एनआरएनए यूकेका अनुसार छलफलमा तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, क्षेत्री समाज यूके अध्यक्ष यज्ञ क्षेत्री, साझा नेपाली समाज मिडल्याण्ड अध्यक्ष महेश अधिकारी, किराँत राई यायोक्खा अध्यक्ष कल्पना राई, क्याट यूके अध्यक्ष जीबन सेन, मगर संघ यूकेकी वरिष्ठ उपाध्यक्ष सीता पुन, आदिवासी महिला महासंघकी अध्यक्ष सरला नेपाल, रेडिङ नेपाली समाजका वरिष्ठ उपाध्यक्ष यादव श्रेष्ठ, भिमसेन खड्का, प्रकाश राउत, महेन्द्र केसी, पशुपति पोख्रेल, नारायण फुयांल लगायतले हालसम्मको कामको समीक्षात्मक टिप्पणी र सुधार उपाय सुझाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!