एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ भन्छिन्-‘हामी काम गरेर देखाउनेछौं’

SHARE:

लन्डन असोज २६ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) की अध्यक्ष पुनम गुरुङले आफ्नो कार्यकालको बाँकी १ वर्षभित्रमा अझै राम्रो काम गर्ने विश्वास दिलाएकी छन् ।

एनआरएनए दिवसको अवसर पारेर आइतबार एनआरएनए यूकेले आफ्ना सल्लाहकारहरुसँग एक छलफल कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष गुरुङले कार्यक्रममा सल्लाहकारहरुलाई स्वागत गर्दै आफू नेतृत्वको कार्यसमितिले विगत एक वर्षमा सक्दो काम गर्ने कोसिस गरेको बताइन् । ‘हामी साँच्चीकै काम गरेर देखाउन चाहन्छौं । गत एक वर्षमा जति सक्यौं, कोशिस गरेकै छौं जस्तो लाग्छ । अब बाँकी एक वर्षमा पनि अझै धेरै, अझै राम्रो गर्ने हाम्रो लक्ष्य छ । तपाईंहरु मार्गदर्शन र सल्लाह, सुझाव दिंदै जानुहोस्, हामी काम गरेर देखाउनेछौं ।’

समुदायको चाहना र अपेक्षाअनुरुप संस्थालाई अघि बढाउने र कमीकमजोरी सुधार गर्दै जाने प्रयास थालिएको अध्यक्ष गुरुङको भनाइ थियो । ‘भर्चुअल छलफल’ मा सहभागी सल्लाहकारहरुले संस्थाका हालसम्मका गतिविधिहरुमाथि समिक्षा गर्दै भावी कार्यहरुको लागि आ-आफ्ना सल्लाह, सुझाव पेश गरे । गत वर्ष पुनम गुरुङ नेतृत्वमा निर्वाचित कार्यसमितिबाट मनोनित सल्लाहकारहरुसँग पहिलोपटक छलफल कार्यक्रम आयोजना गरिएको हो । जसमा संस्थाका डेढ सय बढी सल्लाहकारमध्ये आधाभन्दा धेरै उपस्थित थिए ।

कार्यक्रममा सहभागी सल्लाहकारहरुले वर्तमान कार्यसमितिले विगत एक वर्षको अवधिमा सकारात्मक शुरुआत गरेको तर अझै धेरै गर्न बाँकी रहेको धारणा व्यक्त गरे । संस्थाप्रति बेलायतबासी हजारौं गैरआवासीय नेपालीको चासो र सरोकार रहेको सन्दर्भमा सबैको भावनालाई समेट्दै अघि बढ्न उनीहरुले शुभकामना पनि दिए ।

सोही अवसरमा संस्थाका सल्लाहकार एवम् आर्थिक जाँचबुझ समितिका संयोजक एकाउन्टेन्ट एलएन पाण्डेले समितिले काम शुरु गरिसकेको भन्दै प्रतिवेदन तयार भइञ्जेल धैर्य गर्न आग्रह गरे । त्यसअवसरमा संस्थाका पदाधिकारीहरुले पछिल्लो एक वर्षमा सम्पन्न मुख्य गतिविधि र प्रगतिबारे सल्लाहकारहरुमाझ प्रिजेन्टेसन गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका सल्लाहकारहरु, आइसीसी मानार्थ परिषद सदस्यहरु र आइसीसी सदस्यहरुका साथै एनआरएनए यूके तथा यसअन्तर्गतका चारवटै राज्य परिषदका कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रम सञ्चालन महासचिव फडिन्द्र भट्टराई र सचिव जीत रानाभाटले गरेका थिए भने सचिवद्वय कोशलेश्वर ढकाल र रञ्जिता मल्लले सल्लाहकारका सुझावहरु टिपोट गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!