किङ्स गोर्खा आर्टिलरीको टोलीद्वारा पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमलाई आर्थिक सहयोग हस्तान्तरण

SHARE:

पोखरा – गत ७ सेप्टेम्बर २०२६ का दिन किङ्स गोर्खा आर्टिलरी (केजीए) को ‘डायरेक्टेड ड्युटी ट्रेक’ समूहले पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमको अवलोकन गरेको छ। मेजर एडम डुरान्ट, मेजर राम्जे म्याकनिल र डब्लूओटु तारासहितको समुहले म्युिजियमको भ्रमण गरेको हो।

भ्रमणको क्रममा उक्त समूहले गोर्खा मेमोरियल म्युिजियमलाई सहयोग स्वरूप नेपाली १ लाख रकम हस्तान्तरण गरेको छ। गोर्खा विरासतको सम्मानमा डब्लूओटु नगेन्द्र, बम्बाडियर हिक्मत र गनर समर्पणले ४२ किलोमिटर लामो साउथह्याम्प्टन म्याराथन पूरा गरी संकलन गरेको उक्त रकम म्युिजियमका अध्यक्ष क्याप्टेन कर्णबहादुर थापा र उपाध्यक्ष क्याप्टेन दुधमान गुरुङलाई हस्तान्तरण गरिएको हो।

दुवैजना क्याप्टेन थापा र गुरुङले गोर्खा इतिहासप्रति समर्पित गर्दै गर्व लाग्दो कार्यका लागि भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्।

भ्रमणका दौरान सो टोलीले म्युिजियमका अभिलेखालयहरूको अवलोकन गर्नुका साथै ब्रिटिश गोर्खा नेपाल पोखरामा भइरहेको भर्ना छनोट कार्यसमेत नजिकबाट अवलोकन गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!