लन्डन असोज २७ । काभ्रेली सोसाइटी यूके गठन भएको छ ।
‘भर्चुअल’ माध्यमबाट सोमबार भएको काभ्रेलीहरुको दोस्रो बैठकले रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल बेलायतमा स्थायी वा अस्थायी बसोबास गर्दै आएका काभ्रेलीहरुलाई एकबद्ध गर्ने उद्देश्यले समाज गठन गरिएको हो ।
समितिको सदस्यहरुमा बलराम मैनाली, मिलन शर्मा (वाग्ले ), दाबा लामा, गोकर्ण हुमागाईं, नारायण फुयाँल, जीवन थापा, रामचन्द्र अधिकारी र पुरुषोत्तम आचार्य छन् ।
गाह्रो साह्रो परेको अवस्थामा सहयोग आदानप्रदान गर्न सकियोस् र आफ्नो जिल्ला र जन्मभूमिको उत्थानमा हातेमालो गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथ बेलायतका काभ्रेलीहरुको प्रतिनिधि संस्थाको रुपमा सोसाइटी गठन गरिएको बताइएको छ ।






