बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुग्यो, एकै दिनमा ३६७ जनाको मृत्यु

SHARE:


लन्डन १२ कात्तिक । बेलायतमा कोरोना भइरसका कारण एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् ।

बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन् ।

बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ । बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!