अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ सदस्यमा कुलबहादुर गुरुङ निर्वाचित

SHARE:

काठमाडौं कात्तिक १२ । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्य पदमा निर्वाचित भएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहेका गुरुङ शनिबार राति भएको भर्चुअल साधरणसभाबाट चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडरेशन (यूआईएए) को म्यानेजमेन्ट कमिटीको सदस्य पद निर्वाचित भएका हुन् । यूआईएएमा निर्वाचित हुने उनी दोस्रो नेपाली हुन् । यसअघि सन् २०१६मा एनएमकका पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा यूआईएएको म्यानेजमेन्ट कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

सन् १९३२ मा स्थापना भएको यूआईएए पर्वतरोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको एक मात्र अन्तर्राष्ट्रिय महासंघ हो । महासचिव गुरुङले यूआईएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनको लागि महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन् ।

यूआईएएको अक्टोबर २३ र २४ तारिखमा भएको अधिवेशनले अल्पाइन क्लब अफ क्यानाडाका पिटर मोइरलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!