अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समिति उपाध्यक्षमा राजदूत डा सुवेदी

SHARE:

लन्डन कात्तिक १४ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समितिको उपाध्यक्ष र अन्तर्राष्ट्रिय परामर्श समितिको पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहेका डा सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको गत सेप्टेम्बरमा सम्पन्न १२७ औं अन्तर्राष्ट्रिय कफी परिषद्को बैठकबाट दुवै कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

राजदूत डा सुवेदी सन् २०१७-१८ मा उक्त संगठनको बजार प्रवर्द्धन समितिको उपाध्यक्ष, सन् २०१८-१९ मा उक्त समितिको अध्यक्ष र सन् २०१९-२०२० मा तथ्यांक समितिको अध्यक्षका रुपमा नेतृत्व सम्हाल्दै आएका नेपाली राजदूतावास लन्डनले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता सन् २०१७ मा पाएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!