अल्डरसट कात्तिक २३ । युवा व्यवसायी एवं गोर्खा किचनका प्रबन्धक भीम गुरुङलाई मातृशोक परेको छ। स्व. रमिना गुरुङ खादिङ गाउँ, रुविभ्याली गाउँपालिका धादिङ घर भई हाल काठमाडौं बस्दै आएकी थिइन् । गुरुङको ६ नोभेम्बर २०२० का दिन ९३ वर्षको उमेरमा काठमाडौंमा असामयिक निधन भएको छ ।
रमिनाका चार छोराहरुमघ्ये भिम कान्छा छोरा हुन् । लामो समय बेलायत बसेका भिम युवा व्यवसायी हुन् । गोर्खा किचनको सेवाबाट उनीलाई धेरैले चिन्दछ । ठूलो समूहमा हुने कार्यक्रमहरु भोजभतेरमा फ्रेस खानाको प्रबन्ध गर्नेमा अग्र पंक्तिमा पर्दछ । साह्रै नरम बोल्ने, हँसिलो अनुहार भएका भीम तमुधिं यूकेका कार्यसमिति सदस्य पनि हुन् ।
कोरोनाको कहर बढेको र बेलायत राज्य लकडाउन भएको बेला ममतामयी माताको देहान्तले भिम र परिवार अति दुःखी भएका छन् ।






