तमु धिं यूकेको वार्षिक साधारणसभा तथा अधिवेशन एक महिनापछि सर्‍यो [सूचनासहित]

SHARE:

लन्डन कात्तिक २५ । बेलायतको प्रतिष्ठित संस्था तमु धिं यूकेको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन एक महिनापछि सरेको छ ।

अध्यक्ष नन्दजंग गुरुङले सूचना जारी गर्दै यही २१ नोभेम्बरका लागि तय गरिएको साधारणसभा तथा अधिवेशन कोभिड १९ लगायत प्रतिकूल स्थितिका कारण आगामी डिसेम्बर २० तारिखका लागि सरेको जानकारी दिएका हुन् ।

सोमबार साँझ प्रकाशित सूचनाअनुसार साधारणसभा तथा अधिवेशन डिसेम्बर २० तारिख आइतबार बिहान ११ बजे बोलाइएको छ ।

अध्यक्ष गुरुङले साधारणसभा तथा अधिवेशन सरेको आधारमा समय तालिका फेरबदल गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

निर्वाचनका लागि तमु धिं यूकेले एकेन्द्र गुरुङको नेतृत्वमा ३ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!