कियाचु रसमोर शाखा यूकेद्वारा सञ्‍चालित रसमोर याक्थुङ्ग प्रोपर्टी लिमिटेडको बैठक सम्पन्‍न

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
अल्डरसट बेलायत मंसिर १ । किरात याक्थुङ्ग चुम्लुङ्ग रसमोर शाखा यूकेद्वारा सञ्‍चालित रसमोर याक्थुङ्ग प्रोपर्टी लिमिटेडको वार्षिक साधारणसभा जुम प्रविधिद्वारा सम्पन्‍न भएको छ ।

कियाचु रसमोर शाखाका पूर्वअध्यक्षद्वय जुरेन्द्र खजुम र जीतप्रकाश मेन्याङ्गबोको परिकल्पनामा रसमोर शाखाको कल्याणकोष वृद्धि गर्नका लागि गत वर्ष प्रोपर्टी खरिद गरिएको थियो । प्रोपर्टी खरिद गरेको अवधि एक वर्ष पूरा भएको अवसरमा १५ नोभेम्बर आइतबार भएको पहिलो साधारणसभा हो । बैठकमा कोषाध्यक्ष जुरेन्द्र खजुमले आर्थिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनअनुसार रसमोर याक्थुङ्ग प्रोपर्टी लिमिटेड मुनाफामा रहेको र रसमोर शाखाको कल्याणकारी कोषलाई निरन्तरता दिनका लागि दोस्रो प्रोपर्टी पनि खरिद गर्न पहल भइरहेको प्रोपर्टी संयोजक तथा डाइरेक्टर जीतप्रकाश मेन्याङ्गबोले जानकारुी गराए ।

दोस्रो प्रोपर्टी खरिद गर्नका लागि ८० प्रतिशत रकम जम्मा भइसकेको कोषाध्यक्ष जुरेन्द्र खजुमले बताए । यस कल्याणकारी योजनाबाट ११७ जना सदस्यहरुको नामावली २०२० सम्मका लागि कियाचु यूके केन्द्रमा नवीकरण भएको खजुमले बताए ।

आर्थिक प्रतिवेदन शाखाका सबै सदस्यहरुलाई अनिवार्य जानकारी गराउनुपर्ने सल्लाहकार सूर्य खापुङको जिज्ञासा रहेको थियो । बैठकमा गत अक्टोबरमा नेपाल रहँदा असामयिक निधन हुनु भएका अति नै मिलनसार, सहयोगी शाखाका सल्लाहकार फागुहाङ्ग इजमको योगदानलाई सबैले सम्झेका थिए । स्वर्गीय इजम सिनियर सिटीजेनहरुलाई अस्पताल लाने ल्याउने, बलिहाङ्ग, सिसेक्पा तङ्नाममा यातायात बन्दोबस्त गरिदिने, प्रोपर्टी खरिद गर्नका लागि रकम संकलन धरदैलो कार्यक्रममा, भोकभोकै झरीबादल बेलायतको चिसो मौसमका बाबजुद रातोदिन खटिरहन्थे । चुम्लुङ शाखामा नेपालबाट आउने कलाकारहरुको सांस्कृतिक कार्यक्रममा टिक‍ट बेचेर रसमोर शाखालाई सधैं सहयोग गरिरहन्थे ।

स्वर्गीय इजमको संस्थाप्रतिको योगदानलाई उच्च मूल्यांकन गर्दै रसमोर शाखा र चुम्लुङ्ग यूके केन्द्रबाट पाउनुपर्ने आर्थिक सुविधा चाँडोभन्दा चाँडो उनका परिवारका निकटतम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने अध्यक्ष भगिश्‍वर फागो चोङ्बाङ्ग लिम्बुले जोड दिएका थिए ।

बैठकमा बोर्ड अफ डाइरेक्टरद्वय जीतप्रकाश मेन्याङ्गबो र मेजर रिटायर्ड दिवान साँवा लिम्बु, बोर्ड अफ ट्रस्ट्रिजहरु सूर्य खापुङ, खडगजंग आङबुहाङ्ग, जुरेन्द्र खजुम, भगिश्वर फागो चोङ्बाङ्ग, नीरप्रसाद जबेगु, तारा वनेम, समसेर वनेम, केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा एभरेस्ट टाइम्सका मेनेजिङ डाइरेक्टर नगेन्द्र नेम्वाङको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै बोर्ड अफ डाइरेक्टर जीतप्रकाश मेन्याङ्गबोले बैठकको सभा बिसर्जन गरेका थिए ।

स्वर्गीय इजमप्रति हार्दिक श्रद्धाञ्‍जलीका साथ रसमोर याक्थुङ प्रोपर्टी लिमिटेडले दोस्रो प्रोपर्टी खरिद गर्न सफल होस् । यही छ हाम्रो शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!