‘लिगलिगकोट घरबास’ सञ्चालन

SHARE:

गोरखा मंसिर १५ । नेपाल एकीकरणको उद्गमस्थल पालुङटार नगरपालिका–३ मा पर्ने लिगलिगकोट पुग्ने पर्यटकलाई लक्ष्य गरी ‘लिगलिगकोट घरबास’ सञ्चालनमा ल्याइएको छ ।

स्थानीय कलासंस्कृति तथा परम्पराको संरक्षण र सम्वर्द्धन गर्दै लिगलिगकोट ईतिहासलाई प्रचारप्रसार गर्न घरबास सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिएका छन् । “घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्नका लागि उपयुक्त ठाउँ थिएन्”, उनले भने, “यहाँ आउने पर्यटकले स्थानीय उत्पादनबाट बनेका परिकारसँगै बासस्थानको सुविधासमेत पाउने भएका छन् ।”

लिगलिगकोट नेपालको इतिहासको केन्द्रबिन्दु भएकाले पनि पर्यटनको प्रचूर सम्भावना रहेको यहाँको इतिहास र संस्कृतिलाई बेच्न आफूहरु आतुर रहेको प्रमुख कँडेलको भनाइ छ । अहिले खोल्लीगाउँका सात घरमा घरबास शुरु गरेको घरबास सञ्चालक समितिका संरक्षक बेदबहादुर रानामगरले जानकारी दिए । “केही समयभित्रै २० घर पुर्‍याउने लक्ष्य हाम्रो छ”, उनले भने, “अहिले घरबास शुरु गर्नका लागि छुट्टै घर निर्माण गरिएको हो ।” घरबासका लागि निर्माण गरिएको एककोठे घरमा तीन जनासम्म बस्न मिल्ने उनले जानकारी दिए ।

घरबास सञ्चालनका लागि एककोठे घर निर्माणका लागि तीन लाख ३० हजार खर्च भएको मगरले बताए । प्रत्येक खोपीमा एउटा डबल बेड र एउटा सिङ्गल बेड राखिएको छ । मगर समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले होमस्टेमा बाँस बस्न पुग्ने पर्यटकले अर्गानिक उत्पादन र स्थानीय कलासंस्कृतिको आनन्द लिन पाउने रानामगरले जानकारी दिए । घरबास सञ्चालनका लागि घर निर्माण गर्न पालुङटार घर भई हाल अमेरिकामा रहेका डा बालकृष्ण शर्माले आर्थिक सहयोग जुटाइदिएका थिए ।

सहयोग रकममा स्थानीयवासीले केही थप गरेर पाहुना राख्नका लागि छुट्टै घर निर्माण गरिएको हो । पाहुना बस्ने घरमा आवश्यक फर्निचर भने सँगसँगै अमेरिका र सँगसँगै नेपाल नामक संस्थाको सहयोगमा बौद्ध हिमाल युवा क्लबले उपलब्ध गराएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!