स्वयम्भूका संरचना भत्काइए आन्दोलन गर्ने बेलायतका नेपाली संघसंस्थाहरुको चेतावनी

SHARE:

लन्डन मंसिर २७ । चक्रपथको कंलकी–चाबहिल सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचीकृत स्वयम्भू भित्रको संरचना भत्काउन लागिएको भन्दै बुद्धिष्ट कम्युनिटी सेन्टर यूके लगायत बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले विरोध जनाएका छन् ।

बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष नरेश गुरुङ, शेर्पा संघ बेलायतका अध्यक्ष एवं बिसीसी यूकेका उपाध्यक्ष आङ दावा च्यावा शेर्पा, बिसीसी यूकेका महासचिव रोबिन गुरुङ, तामाङ घेदुङ यूकेका अध्यक्ष राजन योञ्जन, ह्याम्लो सोसाइटी यूकेका कर्मा छिरिङ्ग टाशी लामा, थाउजन बुद्ध यूकेका अध्यक्ष समुन्द्र गुरुङ, तामाङ सोसाइटी यूकेकी अध्यक्ष अन्जु योञ्जन तामाङ र अध्यक्ष बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट यूकेकी अध्यक्ष शान्ति तामाङले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियान, बेलायतको तर्फबाट प्रेषित विज्ञप्तिमा, ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहातको सडक विभागले काठमाडौंस्थित चक्रपथ बिस्तारको दोश्रो चरणमा विश्व सम्पदामा सुचीकृत स्वयम्भुनाथ क्षेत्रमा अवस्थित बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मूर्तिसहितको स्तुपा (साङ्गे तोङकु) समेत भत्काउने निर्णयप्रति बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शेर्पा संघ बेलायत, तामाङ घेदुङ् यूके, ह्याम्लो सोसाइटी यूके, थाउजन बुद्ध यूके, तामाङ सोसाइटी यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट यूकेको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको देशमा राज्यको जिम्मेवार निकायको तर्फबाट भएको यस किसिमको गैरजिम्मेवार कदमले बेलायतमा बसोबास गरिरहेका धार्मिक, सांस्कृतिक सम्पदाप्रेमी र सिङ्गो बौद्धमार्गीहरुको भावनामा गम्भीर चोट पुग्न गएको जनाएको छ । साथै, नेपालमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धको ऐतिहासिक मूर्ति भत्काउने निकृष्ट कार्यले विश्व जगतमा समेत नेपालप्रति नकारात्मक सन्देश प्रवाह हुने निश्चित रहेको विज्ञप्तिमा जनाइएको छ ।

विश्व सम्पदा सूचिमा सू्चिकृत ऐतिहासिक धार्मिक सम्पदालाई बचाई उत्तम विकल्प सहितको सडक बिस्तार गर्न र गराउन सम्बन्धित निकाय समक्ष अनुरोध गर्दै ती संघ संस्थाहरुले राज्यभित्र रहेका सम्पूर्ण धार्मिक आस्थाका अनुयायीहरुको अभिभावक बन्नु पर्ने सरकारको जिम्मेवार निकायबाट नै जबरजस्ती रुपमा गरिएको यस किसिमको अनुचित कार्यलाई अघि बढाएमा विश्व सम्पदामा सुचीकृत नेपालको सांस्कृतिक सम्पदा संरक्षण र न्याय प्राप्तिका लागि सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरुमा आवाज उठाउनुका साथै बेलायतबाट सशक्त आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

‘विकासको नाममा सडक बिस्तारलगायत कुनै पूर्वधारहरु भत्काउँदा पुन: निर्माण गर्दा सबै धर्मावलम्बीहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरुलाई क्षति नपुर्‍याई विकासका गतिविधिहरु गर्न गराउन पनि प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै,

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!