बर्न्टोक नेपाली समाज यूकेको अध्यक्षमा विष्णु र महासचिवमा डिलमाया चयन

SHARE:

लन्डन पुस १ । बर्न्टोक नेपाली समाज यूकेको अध्यक्षमा विष्णु गुरुङ र महासचिवमा डिलमाया चयन भएका छन् ।

बर्न्टोक नेपाली समाज यूकेको १३ डिसेम्बर २०२० शनिबार जुममार्फत भएको अधिवेशनबाट तमुधिं लन्डन इकाईका उपाध्यक्ष रहेका विष्णु अध्यक्ष, तमुधिं लन्डन इकाई आमा समूहकी अध्यक्ष रहेकी डिलमाया महासचिवमा, आमा समूहकी सल्लाहकार मन्जु गुरुङ उपाध्यक्षमा र सल्लाहकार नवराज गुरुङ कोषअध्यक्षमा सर्वसम्मतिले चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा भोला पनेरु, सांस्कृतिक सचिव उमेश खड्का तथा खेलकुद सचिवमा दल गुरुङ चयन भए । नयाँ कार्यसमिति चयन गर्न सुरेश गौतमको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । समाजका तत्कालीन अध्यक्ष उदय गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा तत्कालीन महासचिव भोला पनेरुले समाजमा यो वर्ष भएका गतिविधि, तत्कालिन कोषाध्यक्ष नवीन गुरुङले समाजको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । आमा समूहकी उपाध्यक्ष दिलमाया गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!