तमुधिं यूकेद्वारा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको बिदाई

SHARE:

लन्डन पुस २ । कोभिड १९ को महामारीमा बेलायत सरकारको नियमहरू पालना गर्दै तमुधिं यूकेले आफ्नो कार्यकाल समापन गर्दै स्वदेश फिर्तीको तयारीमा रहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई दूतावासकै सभाकक्षमा मंगलबार १५ डिसेम्बरमा बिदाई गरेको छ । यसै अवसरमा राजदूतबाट भर्खरै आफ्नो कार्यभार सम्हाल्न आइपुगेका उपनियोग प्रमुख र अन्य कूटनीतिक कर्मचारीहरूलाई तमुधिं यूकेले गर्दै आएको कार्यहरूको विस्तृत जानकारीसहित परिचय गराइएको थियो ।

बिदाईको छोटो भनाइ राख्दै तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरूङले राजदूत र दूतावासका कूटनितीक मित्रहरूबाट तमुधिं यूकेलाई दिएको साथ, सहयोग र सहकार्यका लागि धन्यवाद दिए । साथै दूतावासबाट दिइने सेवाहरू, गोरखालीहरूको मुद्दामा प्रत्यक्ष सहभागी भएर सघाएकोमा राजदूत सुवेदीलाई विशेष धन्यवाद दिए ।

यस वर्षको Remembrance Sunday मा पहिलो पटक नेपाली राजदूतबाट Cenotaph मा Wreath चढाएको हेर्न पाउँदा एकदमै गर्व र भावुक भएको अध्यक्ष गुरूङले बताए । उनले तमु धिं यूकेको तर्फबाट मायाको चिनो, फूलको गुच्छा र खादा दिएर राजदूत सुवेदी र उनका धर्मपत्नी पुनम राज्यलक्ष्मीलाई बिदाई र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका तमुधिं यूकेले जनाएको छ । सँगसँगै नयाँ DCM र अन्य कर्मचारीहरूलाई पनि तमुधिंको तर्फबाट स्वागत गरिएको थियो ।

राजदूत सुवेदीबाट तमुधिं यूकेका सम्पूर्ण अग्रज बाबाआमा, दाज्युभाइ र दिदीबहिनीहरूलाई धन्यवाद दिँदै तमुधिं यूकेले बेलायतमा अझ धेरै राम्रो नेतृत्वदायी कार्यक्रमहरू संचालन गर्दै जानुहोस् र त्यसमा दूतावासको सहकार्य सदा रहने विश्वास र आश्वासन दिए । यसै क्रममा बेलायती बिश्व विद्यालयमा अध्ययन गरेर बेलायतकै लागि राजदूत भएर आएको जानकारी त्यतिबेलाका परराष्ट्रमन्त्री, हालको प्रधानमन्त्रीको मुखबाट सुन्न पाउँदा र पहिलो पटक Remembrance Parade मा Wreath चढाउनु पाउँदा आफूलाई एकदमै गौरवान्वित भएको भन्दै राजदूत सुवेदीले तमुधिं यूकेलाई यो असहज परिस्थितिमा पनि बिदाई कार्यक्रम राखेर मायाको चिनो दिएकोमा धन्यवाद ज्ञापन गरे ।

अन्तमा राजदूत सुवेदीले तमुधिं यूकेका सम्पूर्ण परिवारमा आउँदै गरेको क्रिसमस, नयाँ वर्ष र तमु ल्होछारको मंगलमय शुभकामना दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!