बिसीसी यूकेमा तीनदिने बृहत् पूजा आयोजना

SHARE:

लन्डन पुस ४ । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेको ६१ औं जन्म दिवसको पावन अवसरमा विश्वभर छरिएर रहेका खेन्चे रिन्पोछेका शुभचिन्तक तथा भक्तजनहरुले उनको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पूजा (भुमछोक) गर्ने भएको छ ।

वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको गुम्बामा पूजा गर्न लागिएको हो । १९ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म हुने पूजा कार्यक्रमको बिसीसी यूकेले फेसबुक लाईभ गर्ने जनाएको छ ।

यसै वर्षदेखि गुरु खेन्चे रिन्पोछे ६१ औं वर्षमा प्रवेश सँगसँगै उनको नयाँ ल्हो आउने भएको हुँदा आउँदो दिनहरुमा उनको जीवनमा कुनै पनि बाधाहरु नआओस् भन्ने उद्देश्यले पनि पूजाको आयोजना गरिएको आयोजकले जनायो । ३ दिनसम्म चल्ने पूजामा फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायत लगायत विभिन्न देशमा रहेका उनका शुभचिन्तक तथा भक्तजनहरुले भर्चुअल जुममार्फत पूजापाठ गर्नेछन् ।

भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ वर्षदेखि सिक्किमको तत्कालीन राजदरबारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लन्डनमा समेत अध्ययन गरे । भारतको हिमाञ्चल प्रदेशको वीर, इष्ट तिब्बत र इष्ट भुटानमा उनको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् । जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । हाल ताईवानमा अध्यापनका लागि रहेका रिन्पोछेले आउँदो २६ र २७ डिसेम्बरका दिन विपसना मेडिटेसन गराउँदै छन् भने सो विपसनाको बिसीसी यूकेका खेन्पो गुरुले अनुवाद गर्ने कार्यक्रम छ ।

थुप्रै चलचित्रको लेखन तथा निर्देशनसमेत गरिसकेका रिन्पोछेका ४ वटा चलचित्रले अवार्ड पाइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!