सहारा क्लब यूकेको वार्षिक साधारणसभा आज

SHARE:

लन्डन पुस ४ । सहारा क्लब यूकेको वार्षिक साधारणसभा १९ डिसेम्बर २०२० शनिबार (आज) हुँदैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार वार्षिक साधारणसभा तथा छैटौं कार्यसमितिको वार्षिक अधिवेशन भर्चुअल जुममार्फत बिहान ११ बजेबाट सुरु हुने सहारा यूकेले जनाएको छ । सहारा यूकेका सचिव वाचस्पति रेग्मीले साधारणसभा तथा अधिवेशनबारे एक सूचना जारी गर्दै सहारा यूकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सहारा क्लब पोखराका मानार्थ सदस्यहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरुमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

विश्वव्यापी कोभिड-१९ महामारी रोगका कारण यस वर्षको साधारणसभा Virtual Zoom मार्फत आफ्नै घरमा बसेर गर्नु परेको सचिव रेग्मीले प्रस्ट्याएका छन् । साथै सहारा यूकेको विधानमा केही परिवर्तन गर्नु पर्ने वा थपघट गर्न आवश्यक भएमा सुझाव विधान मस्यौदा समिति वा कार्यसमितिमा राख्न अनुरोध गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!