नाट्टा गण्डकी प्रदेशद्वारा तीन सय घण्टे पर्यटक गाइड तालिम

SHARE:

जमुना वर्षा शर्मा
पोखरा ५ पुस । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा ) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड सम्बन्धी तीन सय घण्टे तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पर्यटन क्षेत्रमा गाइडहरुको ‘हस्पिटालिटी’ले मुख्य भूमिका खेल्ने बताए । “अधिकांश पर्यटकले गाइडलाई विश्वास गर्छन्, पर्यटकलाई सही सूचना र राम्रो आतिथ्यता दिएर मन जित्न सक्नुपर्छ” ढकालले भने “यहाँहरुले तालिमबाट धेरै कुरा सिक्नु भएको छ, आउने दिनमा व्यवहारमा पनि लागू गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” उनले कोभिड– १९ पछि पर्यटन क्षेत्रले नयाँ मोड लिएको उल्लेख गर्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवाम प्रवाहमा पर्यटन क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

पर्यटन व्यवसायी र सरकारबीच सहकार्य र समन्वयबाट मात्र पर्यटनले गति लिन सक्ने जनाउादै उहााले पर्यटकीय गन्तब्य पूर्वाधार निर्माण प्रदेश सरकारले अध्ययन गरेर अघि बढेको जानकारी दिए ।

नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को सहकार्यमा गत पुस ७ गते देखि शुरु भएको तीन सय घण्टाको (१५० सैद्धान्तिक र १५० स्थल भ्रमण ) तालिममा सहभागीलाई कोभिड–१९ का कारण प्रमाणपत्र वितरणको कार्य रोकिएको संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक हरीराम अधिकारीले जानकारी दिए । “तालिम पहिल्यै सकिएको हो, तर नाथमबाट प्रमाणपत्र आएर सहभागीलाई वितरण गर्ने कार्यक्रम तय हुँदै गर्दा कोभिड– १९ कारण रोकिएको थियो । अहिले केही सहज वातावरणमा स्वास्थ्य सतर्कता सहित सहभागीलाई प्रमाणपत्र दिएका हौं ।” उनले प्रमाणपत्र वितरणसागै सहभागीले लाइसेन्स लिने बाटो खुलेको पनि जानकारी दिए ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले सराङकोटमा पर्यटन विकासका पूर्वाधारहरु बनिरहेको जानकारी दिदै, कोभिड –१९ पछि पर्यटकको आगमन बढ्दै जाने विश्वास व्यक्त गरे ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादर भट्टराई पर्यटक गाइडहरुले देशको भाषा संस्कृती र भौगोलीक अवस्थितीको बारेमा राम्रो जानकारी लिनु पर्ने बताए । उनले भने “राम्रो ज्ञानले मात्र विदेशी पर्यटकलाई नेपालको मौलिक संस्कृति र यहाँको गन्तब्यको चिनारी गराउन सकिन्छ, यहाँहरुले तालिम लिनुभएको छ, अब राम्रो सेवा पनि दिनुहोस् ।” उनले तालिम प्राप्त गाइडहरु त्यसका लागि सक्षम हुने विश्वास व्यक्त गरे ।

नाट्टाका निवर्तमान अध्यक्ष सन्तोष पोखरेलले अब सुरक्षित भएर पर्यटन क्षेत्र चलायमान गराउनु पर्ने बताए । विदेशी पर्यटकको आगमन पछि मात्र यस क्षेत्रमा रोजगारको अवसर बढ्ने उहााको भनाइ थियो ।

तालिमका सहभागी विद्या अधिकारी र भोजराज तिवारले पर्यटन क्षेत्रमा आवद्ध भएपनि पर्यटकलाई गाइड गर्दा अपनाउनुपर्ने धेरै कुराहरु तालिमबाट मात्र सिक्न पाएको उल्लेख गर्दै विदेशी पर्यटकलाई देश घुमाउन आतुर रहेको अनुभव सुनाइन् ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले तालिमप्राप्त दक्षजनशक्तिले पर्यटकका लागि गुणस्तरीय सेवा दिन सहयोग पुग्ने भएकाले युवालाई तालि प्रदान गरेको बताए । “अहिले कोभिड– १९ ले यस क्षेत्रमा सुस्तता छाएको छ तर निकट भविष्यमै नेपालमा पर्यटकको आगमन बढ्ने छ । दक्ष जनशक्तिले तयार हुादा रोजगारको बाटो प्रशस्त खुल्नेछ ।”

नाट्टाका महासचिव कमला गिरीले तालिममा २६ जनाको सहभागिता रहेको जानकारी दिए । उनका अनुसार नाट्टाले हालै सम्पन्न गरेको पर्यटन पुनरुत्थान कार्यक्रम अन्तर्गत तनहुँ र गोरखा भ्रमण कार्यक्रमको समिक्षा र आगामी दिनमा पर्यटन गतिविधिका कार्ययोजनको बारेमा अग्रज पर्यटन व्यवसायी र सरोकारवालबीच अन्तक्रियात्मक कार्यक्रम समेत गरेको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!