आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका गोपाल खड्काले दिए राजीनामा, जिम्मेवारीविहीन बनाएको आरोप

SHARE:

काठमाडौँ । मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।

उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको बताए । उनले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएको बताए ।

उनले आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउन गएका छन्।

आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो । उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । उनको अझै ६ महिनाको कार्यकाल बाँकी नै थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!