मनकामना, राम शाह र गोरखाका गुम्बाहरु

SHARE:

गोरखा जिल्लामा अनेकौं मठ मन्दिर र गुम्बाहरु छन् । जयदेव द्वितीयको अभिलेखमा गोरखा इलाकालाई जनपद भनिएको छ । जनपद भन्नाले सामन्ती इलाका नभई केन्द्रबाट शासित इलाका भन्ने बुझिन्छ । ऐतिहासिक दृष्टिकोणबाट यस ठाउँको नाम योगी गोरखनाथबाट गोरखा भएको बुझिन्छ । खसिया मल्लहरुको अधिनमा रहेको गोरखामा अभय मल्लको अभिलेख गोरखामै फेला परेको छ । खसिया मल्लहरुको पतनपछि राज्य टुक्रिँदै गएको हो ।

त्यसमध्ये गोरखा जिल्लामा केही मन्दिर प्रसिद्ध छन् । गोरखाकाली, गोरखनाथ, पोखरी थोकमा रहेको महादेव मन्दिर र गणेशको मन्दिर, विष्णु मन्दिर, खोप्लाङ रहेको राम मन्दिर, आरुघाटमा रहेको भीमसेनको मन्दिर र कोट कालीको मन्दिर, गाईखुरमा रहेको कामधेनु मन्दिर र मनकामना भगवतीको मन्दिर रहेका छन् । त्यसमा पनि गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । गोरखाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । छत्र शाह निःसन्तान भएपछि उनका भाइ राम शाह ई.सं. १६०९ मा गोरखाको राजगद्दीमा बसेका थिए । उनले माना पाथीको चलन मात्र चलाएनन्, अनेकौं नियम कानून पनि बनाएका थिए । ऋण दिने–लिने सम्बन्धमा व्याज दरको निश्चित नियम बनाएका थिए । योगी नरहरिनाथ लिखित गोरखा वंशावलीको पृष्ठ २०–२६ का अनुसार राज्य प्रशासन, विदेश नीति, गृहनीति र कृषि तथा वाणिज्य नीतिहरु निकै लोकप्रिय भएका थिए । उनको परमधाम ई.सं.१६३६ मा भएको थियो ।

मनकामना मन्दिरमा प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । यो मन्दिरको पुजारीहरू भने मगर जातीको पिथकोते थरका हुन्छन् । पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई पराजित गरेपछि यहीँ आएर लखन थापा मगरले देवीलाई बली दिएका थिए भनिन्छ ।

गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा मनकामना मन्दिर छ । र, यो मन्दिर गोरखाको सदरमुकामको बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिन बजारबाट २६ किलोमिटर उत्तरमा छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ ।

गोरखा जिल्लामा २०२७–२८ साल अगाडी नै केही प्रसिद्ध गुम्बाहरु थिए । नामरुङमा नामला गुम्बा, सामा गाउँमा कर्जुछिलिङ गुम्बा, प्रोक गाउँमा ऋङ्गी गुम्बा र ल्हो गाउँमा मनासलु गुम्बा रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!