अमेरिकामा नेपालीको दैलो दैलोमा कर्मकाण्डको पुरै प्याकेज

SHARE:

न्युयो्‍र्क वैशाख १८ । नेपालीहरु बिदेशिने क्रम दिन दिनै बढ्दै जाँदा प्रवासी नेपाली लक्षित नयाँ नयाँ स्वरुपका व्यापार ब्यवसाय पनि विदेशमा बढ्न थालेका छन् । यस्ता थुप्रै व्यापार व्यवसायहरुमाझ अमेरिकामा बिल्कुल नयाँ स्वरुपको ब्यवसाय सुरु भएको छ ।

महिला उद्यमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै घर घरमा पुर्याउने नौलो व्यवसाय अमेरिकामा सुरु गरेकी हुन् । खरखरे डट कम ( www.kharkhare.com) नामक अनलाईन वेबसाईटमार्फत कर्मकाण्डका पुरै विधि अनुसारका सामान प्याकेजकै रुपमा घर घरमा पुर्‍याउने व्यवसाय उनले हालै संचालनमा ल्याएकी हुन् ।

भर्खरै संचालनमा आएको खरखरेले कर्मकाण्डका लागि आवश्यक पर्ने जनै सुपारी दुना टपरी आँप चाँप पिपलको पात देखी गाईको गोबरसम्म प्याकेजमा राखेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । देश छाडेर परदेश बसाई सरेपछि नेपालीहरुमा हाम्रा धर्म र संस्कृतिप्रति अझ धेरै मोह बढ्ने गरेको छ । यही परिप्रेक्ष्यमा धर्म र संस्कृतिसँग सम्बन्धित सर सामानको ब्यवसायले पक्कै पनि प्रवासमा सुविधा दिने छ भन्ने अपेक्षा गरेको बताउँछिन् कम्पनीकी प्रोप्राईटर खनाल ।

खनाल भन्छिन्- घरमा आयोजना गरिने हरेक प्रकारमा पूजापाठका लागि पण्डितले दिने लिस्ट अनुसारका सामान जुटाउन पसल पसल कुदेर हिँड्नु अहिले नेपालभित्रै निक्कै झन्झट छ भने तेस्रो विश्वमा त त्यो झनै गाह्रो भएकोले नेपालीहरुको सुविधाका लागि कर्मकाण्डका लागि आवश्यक सामान प्याकेजकै रुपमा घर घरमा पुर्‍याउने गरी व्यवसाय सुरु गरेको बताउँछिन् ।

खनालले भनिन्- जसलाई जे पूजा लगाउनु पर्ने हो त्यसका लागि चाहिने सबै सामग्री हामी एउटै प्याकेजमा उपलब्ध गराउछौँ ।’पूजा प्याकेजअन्तर्गत रुद्री पूजा, सन्तानको अन्नप्रशान, न्वारन, श्राद्ध गृह प्रवेशलगायत हिन्दु परम्पराका विभिन्न पूजाआजाका लागि चाहिने सामग्री एउटै प्याकेजमा खरिद गर्न मिल्छ । एउटा प्याकेजको मुल्य हाललाई $५९.९९ (उनान्न साट्ठी डलर उनान्नसय सेण्ट) राखिएको छ ।

त्यसो त खरखरेले कर्मकाण्डको प्याकेज मात्र डेलिभरी गर्दैन । खरखरेमा नेपाली हस्तकला, नेपाली गहना, चुरा धागो पोते नेपाली लोक बाजागाजा, खाना, नेपाली प्रचलनका भाँडाकुँडा लत्ताकपडा पनि उचित मूल्यमा खरिद गर्न सकिन्छ । लोक बाजागाजाअन्तर्गत मादल, बाँसुरी, झ्याली, झ्याम्टा, सारङ्गीलगायत उपलब्ध छन् । भाँडाकुँडाअन्तर्गत तामाको खड्कुँलो, गाग्री, चरेसको थाल, कचौरा, कलश, चाँदीको पूजा थालीलगायत पाइन्छ ।

https://www.kharkhare.com/?fbclid=IwAR15MthmjXdho-vve1URMePPOzLPu9N-Ek_YirVUqicy7BI_yYdQFwNQYlY

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!