पोखरेली मञ्च युकेले दुइदिने क्रिकेट खेलाउँदै

SHARE:

– एटा संवाददाता
अल्डरसट । पोखरेली मञ्च युकेले दुइदिने क्रिकेट खेलाउने भएको छ ।

गत आइतबार १० जुनका दिन अल्डसटस्थित भेटघाट रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा मञ्चले सो जानकारी गराएको हो । नेपाली समुदाय बेलायतमा क्रिकेटको विकास गराउने उद्देश्यका साथ मञ्चले गतवर्ष पहिलोपटक टि–ट्वान्टी पोखरा कपको आयोजना गरेको थियो । कपको निरन्तरता दिँदै यसवर्ष सो कपको नाम ‘नेपाल कप’ मा परिणत गर्दै आउँदो १५ र २२ जुलाई २०१८ का दिन रेडिङस्थित रेडिङ क्रिकेट क्लबमा खेल आयोजना गर्न लागिएको जनाएको छ ।
मञ्चका अध्यक्ष मान गुरुङले क्रिकेट खेललाई बिशेष महत्वमा राख्दै आपूmहरुले गतवर्ष भन्दा यसवर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएको जानकारी दिए । उनले प्रथम ८०० पाउन्ड, द्वितीय ५०० पाउन्ड र तृतीयलाई ३०० पाउन्डको नगद पुरस्कार राखिएको जानकारी गराए ।

त्यस्तै टिम दर्ताबापत १५० देखि २०० पाउन्डसम्म शुल्क लिने जानकारी गराए ।

४५०० पाउन्ड खर्च हुने अनुमान गरिएकोे कपका लागि विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी र व्यापारीहरुसँग सहयोग अपेक्षा गरिएको जनाउँदै दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उपाध्यक्ष करम गुरुङले जनाए ।
मञ्चका संस्थापक अध्यक्ष क्या.रि.चन्द्रबहादुर पुनलगायत पदाधिकारीहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा करिब ८ वटा टिमले भाग लिने जनाउँदै दुवै दिन सबै नेपालीहरुलाई उपस्थितिको लागि
अनुरोध गरे ।

मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई मञ्चका अध्यक्षलगायत पदाधिकारीले मेटाएका थिए भने उपाध्यक्ष करम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
अमेरिका र युरोपबीच व्यापार युद्धको संभावना बढ्योस्टील र आल्मुनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्ध युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् ।

उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि एकतर्फी रुपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्ल्याएर अघि बढ्ने धारणा राख्दै अमेरिकालाई त्यसका लागि तयार रहन चेतावनी पनि दिएका छन् । आगामी शुक्रबारदेखि अमेरिकाको सो निर्णय कार्यान्वयनमा आउन लागेकोले त्यस समय अगावै अर्थमन्त्रीहरुको यो भनाइ आएको हो ।

त्यसअघि जि–७ समूहका अर्थमन्त्रीहरुले अमेरिकालाई दिएको यो चेतावनीलाई अर्थपूर्ण रुपमा लिइएको छ । अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनको पनि औद्योगिक राष्ट्रहरूको समूह ‘जी–७’ का अर्थमन्त्रीहरूले आलोचना गरेका छन् ।
अमेरिकाको नयाँ कानुनको विषयलाई लिएर उनले दिएको अभिव्यक्तिको उनीहरुले विरोध गरेका हुन् । ती सात देशका अर्थमन्त्रीहरूको क्यानाडामा बसेको बैठकपछि शनिबार उनीहरुले सो धारणा राखेका हुन् । बैठकमा उनीहरुले संयुक्त राज्य अमेरिकासँग व्यापारयुद्ध नै हुन सक्ने संकेत पनि गरेका थिए । क्यानाडाको विस्ट्लरमा भएको बैठकमा युरोपेली युनियन आबद्ध देशका साथै क्यानाडाले पनि यस्तो चेतावनी दिएको बताइएको छ । उनीहरुले अमेरिकाको नियमको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उता, फ्रान्सका अर्थमन्त्रीले अमेरिकासँग आगामी केही दिनमै व्यापारयुद्ध सुरू हुनसक्ने अवस्था रहेको दाबी गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौं वर्षदेखि नै अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि नै शोषण गरिरहेको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्विट अकाउन्टमा सो करले अमेरिकी स्टील उत्पादकहरूको पक्षमा काममात्र गर्न खोजेको स्पष्ट पारेका थिए ।

यस कानुनले उनीहरुलाई संरक्षण गर्नमात्र खोजेको उनको तर्क थियो । ट्विटमा उनले लेखेका छन्, ‘त्यो कानुनले ती वस्तुहरुलाई सुरक्षा दिने र उनीहरुको संरक्षण र सहयोगमात्र गर्नेछ । अन्यथा अमेरिका यस क्षेत्रमा विगतको जस्तै शोषित नै भइरहने छ ।’ राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादकहरुले आगामी दिनमा युरोप र अन्यत्र पनि अवरोधहरुको सामना गर्नुपर्ने अवस्था रहेको भन्दै यस क्षेत्रमा अब अमेरिका पहिलेको तुलनामा चनाखो हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन् । विश्वका अन्य देशहरुबाट विरोध आइरहेको भए पनि यस नियमको विषयलाई लिएर युरोपेली युनियन आबद्ध अर्थमन्त्रीहरुको यो पछिल्लो र कडा चेतावनी आएको बताइएको छ ।

जी सेभेनको बैठकमा समेत यो विषय लिएर अमेरिका राष्ट्रपति ट्रम्प एक्लिएको बीबीसीले जनाएको छ । कर बढाउने विषयमा अमेरिकाको मुख्य सहयोगी देश मानिएको बेलायत र जर्मनले समेत यो नीतिको कडा विरोध गरेपछि सरकार प्रमुखहरुको भेलामा ट्रम्प एक्लिएका हुन् ।

यता अर्को अमेरिकी सहयोगी मानिएको फ्रान्सले भने यो नीतिमा कडा टिप्पणी गर्दै व्यापार युद्धतर्फ नै संकेत गरिसकेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले यसअघि नै अमेरिकी संसद्मा उसको अर्थनीतिको विरुद्धमा बोलेका थिए ।
यस चेतावनीपछि अमेरिकाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीका अभिव्यक्तिहरु हेर्दा यस निर्णयबाट अमेरिका पछि हट्न सक्ने अवस्था पनि देखिएको छैन । यो बैठकपश्चात् उत्तर कोरियाको नेतासँग भेट्न राष्ट्रपति ट्रम्प सिंगापुर आएका छन् । यसअघि पनि अमेरिकाले चीन निर्यात हुने स्टील र आल्मुनियममा कर लगाएको थियो । तर, चीनले समेत अमेरिका निर्यात हुने सामानमा कर बढाएपछि अमेरिका आफ्नो कदमबाट पछि हट्न बाध्य बनेको थियो । अहिलेको कदममा समेत अमेरिका निकै अप्ठ्यारोमा पर्न सक्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!