भिक्टोरिया डे मा नेपालीहरु जिआरएनसीलाई प्रथम पुरस्कार

SHARE:

एटा संवाददाता
अल्डरसट । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्मोत्सवको अवसरमा अल्डरसटमा आयोजित भिक्टोरिया डे परेडमा नेपालीहरुको पनि बाक्लो उपस्थिति रह्यो ।
स्थानीय रसमुर बरो काउन्सिलले गरेको परेडमा ग्रेटर रसमुर नेपाली कम्युनिटीले प्रथम पुरस्कार पायो स। स्थानीय ब्रिटिश समुदाय र अन्य विभिन्न समुदायको सहभागितामा बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्मदिन अर्थात् ‘भिक्टोरिया डे’ मनाइएको हो ।

ग्रेटर रसमुर नेपाली कम्युनिटीको पहलमा प्रथम नौमती बाजा युके, तमुधिं युके, किरात राई यायोक्खा, बुद्धिष्ट कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज युके, किरात याक्थुङ चुम्लुङ, गोर्खा आमा समूह अल्डरसट र शिव कल्चरल कम्युनिटी सेन्टरलगायत नेपाली संघसंस्थाले भाग लिएका थिए ।

कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नृत्य, विभिन्न नेपाली संस्कृति झल्कने भेषभूषामा सजिएका दुईसय भन्दा बढी नेपालीहरुले समेत नगर परिक्रमा गरेका थिए । कार्यक्रममा हजारौंको संख्यामा रहेका दर्शकहरुले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न ग्रेटर रसमुर नेपाली कम्युनिटीका कार्यसमिति, सल्लाहकारहरु र विभिन्न संघसंस्थाहरुको समेत अत्यन्तै महत्वपूर्ण भूमिका रहेको जीआरएनसीका महासचिव मान गुरुङले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!