आर्डेन पदमै रहँदा बच्चा जन्माउने दोस्रो महिला प्रधानमन्त्री

SHARE:

औक्ल्याण्ड । न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिएकी छन् । उनलाई पुत्रीलाभ भएको छ ।

प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उनी विश्वको दोस्रो महिला प्रधानमन्त्री भएकी छन् । उनको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी छिन् भने उनका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका छन् ।
उनीहरूले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताएकी छन् ।

आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गरेका थिए । उनी गत अक्टोबरमा प्रधानमन्त्री भएकी थिइन् भने गर्भवती भएपछि उनी पदीय जिम्मेवारीमा निश्क्रिय रहेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!