अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सेप्टेम्बरभित्र खोप तयार पार्ने

SHARE:

एजेन्सी भदौ २६ ।

अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् ।

सो उमेर समूहका लागि कोरोनाको खोप आपतकालीन रुपमा प्रयोगका लागि अमेरिकाले फाइजरलाई अनुमति दिएको पनि उनले बताएका हुन् । सो खोप ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाको सुरक्षाका लागि प्रभावकारी हुने बताइएको छ । अमेरिकामा पछिल्लो हप्तादेखि विद्यालयहरु सञ्चालनमा आएसँगै अमेरिकाले ती उमेर समूहका बालबालिकाहरुलाई खोप दिने तयारी गरेको जनाएको छ ।

शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले तोकिएको समयसीमाभित्रै बालबालिकालाई खोप लगाइसक्नुपर्ने बताए । उनले मोर्डना खोपपनि नोभेम्बरभित्र तयार हुने भन्दै विद्यालय जने उमेरका सबै बालबालिकालाई प्राथमिकताका आधारमा खोप लगाउने बताए ।

फाउसीले खोप निर्माताहरुसँगको बैठकमा भ्याक्सीनको तयारीका बारेमा भएका प्रगतीको विवरण बुझाउनसमेत आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!