एनआरएनए उपाध्यक्ष केसीले भने: चुनाव जित्नकै लागि राजनीतिक नेता गुहार्नु लज्जास्पद हो

SHARE:

लण्डन भदौ २७ ।

गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले संघको चुनाव जित्नकै लागि राजनीतिक नेता गुहार्नु निकै लज्जास्पद भएको बताएका छन् ।

एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारहरूसंगको अन्तरक्रियामा डा। केसीले कमजोर उमेद्वारहरूले राजनीतिक नेता गुहारेका बताए । नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसंग आफ्नो पनि राम्रो सम्बन्ध भएको उल्लेख गर्दै केसीले केसीले गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न आवश्यक भएको बताए ।

ऐनमा भएको प्रावधानअनुसार सीमित रुपमा लगानी गर्न वा सम्पत्ति किन्न सक्ने प्रावधान भएपनि व्यवहारमा सम्भव नभएकाले ऐनका प्रावधानहरूमाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । डा। केसीले १८ वर्षको अवधिमा संघले आफ्नो मार्गचित्र स्पष्ट रुपमा कोरेको र आगामी कार्यसमितिले त्यसअनुरुप काम गर्नुपर्ने बताए ।

विदेशमा बस्दा नेपालको पैतृक सम्पत्ति वा नेपालमा रहंदा कमाएको सम्पत्तिको सुरक्षा र एनआरएन कार्डका आधारमा आर्थिकलगायतका कार्य गर्न पाएपनि अन्य अधिकारका लागि अझै समस्या रहेको उनको भनाइ छ । सन् २०१९ मा निर्वाचित नयां कार्यसमितिले पहिले हुन नसकेका काम गर्ने प्राथमिकता क्रम निर्धारण गरेर फत्ते गरेको केसीको भनाइ छ ।

‘यस अवधिमा विधान संसोधन गर्दै युवा र महिलाहरुका लागि प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न नयां पदहरू सिर्जना गर्नु महत्वपूर्ण उपलब्धि हो,’ डा। केसीले भने । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनले बताए । लाप्राक बस्ती हस्तान्तरण, एनआरएनए फाउन्डेसन तथा विदेशमा रहेका बौद्धिक व्यक्तित्वलाई समेट्न एनआरएनएको पोलिसी इन्स्टिच्यूट स्थापना गर्न वर्तमान कार्यसमितिले महत्वपूर्ण कार्य भएको डा. केसीले बताए ।

त्यसैगरी, ५० देशमा २ हजार ५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेर कोरोना भाइरस पीडित नेपाली समुदायलाई ठूलो सहयोग गरिएको उनले जानकारी दिए । राहत तथा पुनःस्थापनाका कार्यका लागि भाइरसको मारमा परेका देशका राष्ट्रिय समन्वय परिषद् र एनआरएनए पदाधिकारी अहोरात्र खटेका उनले बताए ।

एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा. केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल केन्द्रिय सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा। केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।

करिब ८० जना पत्रकारहरूको उपस्थिति रहेको अन्तरक्रियामा बोल्दै एनआरएनए महासचिव डा। हेमराज शर्माले एनआरएनएमा पछिल्लो समय देखिएका विकृत र विसंगति अन्त्य गर्न वर्तमान कार्यसमितिले काम सुरु गरिसकेको र आगामी कार्यसमितिले पुरा गर्ने बताए । डा.शर्माले एनआरएनलाई विशुद्ध सामाजिक सेवामूलक संस्थाका रुपमा अघि बढाउंदै जन्मभूमिको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न डा. बद्री केसीको समूह विजयी हुनुपर्ने बताए । डा. शर्माले एनआरएनको आगामी कार्यकालका लागि डा.बद्री केसी समूहबाट उपाध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् ।

त्यसैगरी, महिला उपाध्यक्षकी उमेद्वार यास्मिन वेगमले एनआरएनएमा महिलाहरुको प्रतिनिधित्व गर्दै आफू उपाध्यक्षको उमेद्वार बनेको बताइन् । एनआरएनको सुधार र संघको भावी कार्ययोजनाबारे सल्लाह तथा सुझाव दिएकोमा पत्रकारहरुलाई विशेष धन्यवाद दिंदै वेगमले एनआरएनएलाई सबैको साझा संस्था बनाउन आफू सदैव प्रयत्नशील रहेको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!