विश्वका कम्युनिस्ट नेता गोञ्जालोको निधन

SHARE:

एजेन्सी भदौ २७ ।

पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ ।

पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाज दिएको थियो । कारागारमै लामो समयदेखि विरामी रहेका उनको उपचारका क्रममा सैनिक अस्पतालमा निधन भएको हो ।

विश्वका कम्युनिष्टहरुबीच गोञ्जालो उपनामले चिनिने उनलाई सन् १९९२ को सेप्टेम्बर १२ देखि बन्दी बनाइएको थियो । उनि पछिल्लो समय छालाको क्यान्सरबाट ग्रस्त थिए ।

गोञ्जालोको पार्टी पेरु कम्युनिष्ट पार्टी साइनिङपथले सन १९८० देखि सशस्त्र युद्ध शुरु गरेको थियो जुन १९९९ मा आईपुग्दा निस्तेज भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!