लन्डनमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु हुँदै

SHARE:

लण्डन असोज १ ।

बेलायतको लन्डनमा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आजदेखी शुरु हुँदैछ ।

नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार सम्मेलनमा आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको स्वास्थ्य समितिले तयारी पूरा भइसकेको र सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनका लागि करिब एक वर्ष देखिको तयारी पूरा भएको बताए ।

यही सेप्टेम्बर १७ शुक्रबारदेखि १९ सम्म हुने सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका हजारौं स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुने अपेक्षा छ । नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुको पनि सहभागिता रहने छ ।

सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । तीन दिने सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने, दोस्रो दिन लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र समापन अल्डरसटमा गर्ने तयारी छ । सेप्टेम्बर १९ मा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने एनआरएनएले जनाएको छ ।

सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन् । कोभिड १९ महामारीको प्रभाव र चुनौती, विदेशमा नेपालीको स्वास्थ्य अवस्था, नेपालमा कोभिड खोप, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने संयोजक सापकोटाले जानकारी दिए ।

सापकोटाले बेलायतवासी नेपालीलाई मध्यनजर गर्दै वाक एण्ड रन कार्यक्रम, अल्डरसटमा हेल्थ स्क्रिनिङ कार्यक्रम राखिएको पनि बताए । सम्मेलनको यूके आयोजक कमिटीका संयोजक डा। सुनिल शाहले शनिबार लन्डनस्थित नेपाली दूतावासमा हुने उद्घाटनमा बेलायतस्थित स्वास्थ्यविज्ञहरु सहभागी हुने बताए । बेलायतको रेड लिष्टका कारण नेपालबाट भने स्वास्थ्यविज्ञहरु प्रत्यक्ष सहभागी हुन नसकेको पनि शाहले जनाए ।

सम्मेलनपछि आफूहरुले सुझाव सल्लाह दिने तर कार्यान्वयन भने नेपाल सरकारमा निर्भर रहने शाहले बताए । उनले भर्चुअल रुपमा सम्मेलनमा जोडिन विश्वभरका नेपालीलाई अपिल पनि गरेका छन् । बेलायतस्थित हडर्सफिल्थ युनिभर्सिटीका प्राध्यापक, सेन्टिफिक कमिटीका संयोजक एवं जनस्वास्थ्य विज्ञ डा. पदम सिम्खडाले सम्मेलन नेटवर्क निर्माण, विभिन्न छलफलमार्फत ज्ञान आदानप्रदान र अन्तिममा त्यसको निष्कर्षसहित जारी गरिने लन्डन घोषणापत्रले उपलब्धिमुलक बन्ने बताए ।

उक्त सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनका विषयमा केन्द्रित रहने आयोजकले बताएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा.सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्मेलनमा पत्रकारहरु नविन पोखरेल, चिरन शर्मा, ध्रुवराज अर्याल, शिव भण्डारी, नरेन्द्र बस्नेत, फडिन्द्र भट्टराई, बाचस्पति रेग्मी, विश्वासदीप तिगेला, मन्जु भण्डारी, मिलन तमु, राजकुमार थापा लगायतको सहभागिता थियो । पत्रकारले राखेका जिज्ञासाहरुको आयोजक समूहका डा शाह र डा सिम्खडाले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!