कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुग्यो

SHARE:

काठमाडौं असोज १ ।

सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए ।

हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!